Harsamaya
प्रतिनिधिसभा बैठक आज: निकासी पैठारी विधेयक र भ्रष्टाचार निवारण विधेयक प्रमुख एजेन्डा
प्रतिनिधिसभा बैठक।

काठमाडौं - संघीय संसद प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ। संसद भवन, नयाँ बानेश्वरमा तय गरिएको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले ‘निकासी पैठारी (नियमन) विधेयक, २०८१’ पेश गर्ने तयारी गरेका छन्।

साथै, प्रधानमन्त्री केपी शर्मा ओलीले ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७७’ लाई पारित गराउन प्रस्ताव प्रस्तुत गर्नेछन्। यो विधेयक राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित राष्ट्रियसभाबाट उत्पत्ति भएको हो।

संघीय संसद सचिवालयले जारी गरेको सम्भावित कार्यसूचीअनुसार यी विधेयकहरूबारे छलफलको अपेक्षा गरिएको छ। मुलुकको आर्थिक कारोबारलाई सहज बनाउने तथा सुशासनलाई मजबुत बनाउने उद्देश्य राखिएका यी विधेयकहरूको संसदमा कस्तो बहस हुन्छ भन्ने चासो सबैलाई छ।
कार्यसूची :-

प्रकाशित मिति: मंगलबार, माघ २९, २०८१  ०७:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update