तीन संसदीय समितिको बैठक बस्दै

काठमाडौँ - संघीय संसदका तीनवटा समितिको बैठक बस्दैछ ।
संघीय संसद सचिवालयका अनुसार आजको तीनै बैठक सिंहदरबारस्थित कार्यालयमा बस्नेछ ।
जसअनुसार विधायन व्यवस्थापन समितिको बैठकमा नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ मा दफावार छलफल हुनेछ । जुन बैठक बिहान ११:०० बजे बोलाइएको छ ।
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा राष्ट्रिय निकुञ्जहरुसँग सम्बन्धित नीतिगत समस्याहरुको समाधानको सम्बन्धमा प्राप्त सुझावहरुमाथि छलफल हुनेछ । जुन बैठक दिउँसो १ बजेबाट सुरू हुनेछ ।
साथै, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा सिमेन्ट लगायतका निर्माण सामाग्री एवं खाद्य वस्तुको मूल्यवृद्धि सम्बन्धमा छलफल हुने समितिले जनाएको छ । जुन बैठक बिहान ११:०० बजे बोलाएको छ।
प्रकाशित मिति: मंगलबार, माघ २९, २०८१ ०७:५०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय