Harsamaya
अनलाइन जुवा खेलाएको आरोपमा २३ भारतीय पक्राउ
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - बूढानीलकण्ठ नगरपालिका–३ स्थित एक घरमा अनलाइन जुवा खेलाएको आरोपमा प्रहरीले २३ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । 

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक अपीलराज बोहराले हिजो रातिदेखि आइतबार रातिदेखि बिहानसम्म गरिएको अपरेशनमा २३ जनालाई पक्राउ गरी उनीहरूसँग रहेका ८८ मोबाइल, १० ल्यापटप र ८१ हजार नगद बरामद गरिएको जानकारी दिए । 

स्थानीय दोर्जी लामाको दुई तले घरमा अनलाइन जुवा सञ्चालन गरिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो । उनीहरूलाई सट्टेबाजी गर्न नहुने कसुरअन्तर्गत म्याद लिएर अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।  
 

प्रकाशित मिति: सोमबार, माघ २८, २०८१  २१:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update