सिंहदरबार र संसद् भवन भत्काएर देखाउन बालेनलाई अमरेशको चुनौती

काठमाडौं - स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहलाई हिम्मत भए सिंहदरबार र संसद् भवन भत्काएर देखाउन चुनौती दिएका छन् ।
प्रतिनिधिसभाको सोमबारको बैठकको आकस्मिक समयमा बोल्दै सांसद सिंहले गरिबहरूलाई दमन गर्नुको साटो सिंहदरबार र संसद् भवन भत्काएर देखाउन बालेन्द्र शाहलाई चुनौती दिएका हुन् ।
कालीमाटीमा कवाड व्यवसायीहरू र मजदुरमाथि काठमाडौं महानगरले आक्रमण गरेकोप्रति आक्रोश पोख्दै सांसद सिंहले बालेन्द्रले नाजीवादको शैली अपनाएको उल्लेख गरे ।
हरेक नेपालीको सुरक्षा गर्न सरकारलाई आग्रह गर्दै उनले हिटलर शैली रोक्न ध्यानाकर्षण गराए ।
प्रकाशित मिति: सोमबार, माघ २८, २०८१ १४:४५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय