Harsamaya
 ओली संविधान खारेज गर्ने पक्षमा रहेको प्रचण्डको आरोप
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ।

काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली संविधान खारेज गर्ने पक्षमा रहेको आरोप लगाएका छन् । 

सोमबार जनकपुर बिमानस्थलमा पत्रकारसंग कुरा गर्दै प्रचण्डले मुलुकमा प्राप्त परिवर्तनका साथै संविधान नै खारेज गर्ने पक्षमा प्रधानमन्त्री ओली रहेको आरोप लगाएका हुन् । 

विगतमा दुई–दुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि संविधान खारेजीको प्रयास भएको उनले बताए । 

उनले देश र जनताको आवश्यकताका आधारमा आफूले संविधान संशोधनको प्रस्ताव लैंजादा ओलीले नै रोकेको जिकिर गरे । मधेशमा भएका दलको माग अनुसार यसअघि पनि आफूले संविधान संशोधनको प्रयास गरेको उनले बताए । 

प्रचण्डले आफ्नो मुद्दा छाडेर जसपा नेपालले अध्यादेशलाई समर्थन नगर्ने र सरकारमा नजाने विश्वास व्यक्त गरे । अहिलेको सरकार सुशासनको विरुद्ध चलेको अभियान रोक्नका लागि बनेको भन्दै उनले सरकारबाट राम्रा कुराको आशा गर्न नसकिने बताए । 

प्रकाशित मिति: सोमबार, माघ २८, २०८१  १४:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update