सिन्धुपाल्चोक जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने

सिन्धुपाल्चोक - सिन्धुपाल्चोक जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ । आगामी फागुन १८ बाट प्रतियोगिता हुने चौतारा टुँडिखेलमा तीन दिनसम्म चल्नेछ ।
जिल्ला खेलकुद विकास समिति सिन्धुपाल्चोकको बैठकले सो निर्णय गरेको अध्यक्ष रामकृष्ण दंगालले जानकारी दिए ।
उक्त प्रतियोगितामा सिन्धुपाल्चोक जिल्लाका १२ स्थानीय तहका विद्यार्थी खेलाडीहरूको सहभागिता रहने छ । पालिकास्तरीय रनिङ शिल्डमा पदक विजेताहरूले यो प्रतियोगितामा सहभागिता जनाउनेछन्।
प्रकाशित मिति: सोमबार, माघ २८, २०८१ ११:०५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय