Harsamaya
‘लाज शरणम्’ को दोस्रो गीत ‘नेपाल हाँसेको’ आज सार्वजनिक हुने 
‘लाज शरणम्’ को दोस्रो गीत ‘नेपाल हाँसेको’ को पोष्टर ।

काठमाडौं - कुमार कट्टेल निर्देशित बहुप्रतीक्षित फिल्म ‘लाज शरणम्’ को दोस्रो प्रवर्द्धनात्मक गीत ‘नेपाल हाँसेको’ आज सार्वजनिक हुँदैछ । ओएसआर डिजिटल यूट्युब च्यानलमार्फत अपरान्ह ३:१५ बजे गीत सार्वजनिक हुने भएको छ।

गीतको गीत, संगीत र र्‍याप स्वयम् काठमाडौं महानगरपालिकाका १५औं मेयर बालेन्द्र शाह ‘बालेन’ ले सिर्जना गरेका छन् । संगीत उत्पादन, मिक्सिङ र मास्टरिङ ‘फोसेल’ ले गरेको छ भने सारंगीको जिम्मेवारी किरण नेपालीले लिएका छन् । 

गीतको दृश्य निर्माण पक्षमा सिनेमाटोग्राफर ज्ञानेन्द्र शर्मा, सम्पादक प्रविन भट्ट, तथा रंग संयोजन (कलरिस्ट) मिलन विश्वकर्मा ले योगदान दिएका छन्। कोरियोग्राफीमा प्रसिद्ध नृत्य निर्देशक गम्भीर विष्ट को निर्देशन रहेको छ । सुरेन्द्र बस्याल र रोशन विश्वकर्माले सहायक कोरियोग्राफरमा साथ दिएका छन्।

फिल्म उद्योगका प्रतिष्ठित डीओपी सुदीप बराल र उत्पादन व्यवस्थापक अनिश लमिछानेको व्यवस्थापनमा तयार पारिएको यो गीत दर्शकमाझ कत्तिको प्रभाव पार्छ भन्ने कुरामा सबैको चासो छ।

फिल्मका निर्माता नवीन श्रेष्ठ, सह-निर्माता राम नरेश शाह र सृजना खड्का तथा कार्यकारी निर्माता अर्जुन घिमिरे ‘पाँडे’ रहेका छन्।
पोष्टर :-
Poster-Laaj-sharanam-2nd-sondg-1739164379.jpg

प्रकाशित मिति: सोमबार, माघ २८, २०८१  १०:००
प्रतिक्रिया दिनुहोस्
Weather Update