Harsamaya
जूनकीरी स्कूल बस दुर्घटना: २५ जनाको उपचार हुँदै
फर्पिङको जुनकीरि इंग्लिस बोर्डिङ स्कूलको बस दुर्घटनापछि ।

काठमाडौं -  काठमाडौंको दक्षिणकाली नगरपालिका-४ फर्पिङमा स्कूल बस दुर्घटना हुँदा घाइते भएकामध्ये २५ जनाको उपचार भइरहेको छ । दुर्घटनामा घाइते भएका तीन जनाको ट्रमा सेन्टरको आइसीयूमा उपचार भइरहेको छ भने बाँकीको राजधानीका विभिन्न अस्पतालमा उपचार भइरहेको काठमाडौं प्रहरी परिसरले सोमबार जानकारी दिएको छ । 

६० जना सवार जूनकीरी स्कूलको बस आइतबार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको थियो भने ४१ जना घाइते भएका थिए । प्रहरीका अनुसार १६ जना उपचारपछि घर फर्किसकेका छन् । 

आइतबार दिउँसो साढे ३ बजे जुनकीरि इंग्लिस बोर्डिङ स्कूलको बा१क ५६६४ नम्बरको बस सडकबाट सय मिटर तल खसेको थियो । दुर्घटनामा परी चालक ३५ वर्षीय रामकृष्ण थापामगर र दक्षिणकाली नगरपालिका-४ घर भएका ८ वर्षीय विद्यार्थी विपीन श्रेष्ठको मृत्यु भएको थियो । 

यो पनि पढ्नुहोस


 

प्रकाशित मिति: सोमबार, माघ २८, २०८१  ०८:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update