
काठमाडौं - कांग्रेस निकट नेपाल भूतपूर्व सैनिक संघ, बागमती प्रदेशको अध्यक्षमा मणिलोचन न्यौपाने चयन भएका छन् । शनिबार हिजो भएको प्रथम अधिवेशनले न्यौपानेको नेतृत्वमा ३९ जना सदस्यीय कार्यसमिति चयन गरेको हो । न्यौपाने सिन्धुपाल्चोक जिल्लाको नेपाल भूतपूर्व सैनिक संघको निर्वतमान अध्यक्ष समेत हुन् ।
अधिवेशनले महासचिवमा विनोद अधिकारी कोषाध्यक्षमा कुल बहादुर अधिकारी गरेको चयन गरेको छ ।
सदस्यमा भने लिला बहादुर तामाङ,रमेश अधिकारी ,फटक बहादुर कार्की ,रामकृष्ण थापामगर ,कृष्ण कुमार बानियाँ,पशुपति पौडेल ,बुद्धि बहादुर तामाङ ,भरत पाण्डे,शुक बहादुर गुरुङ ,श्याम बहादुर गुरुङ ,नवराज श्रेष्ठ ,सुक बहादुर गुरुङ ,मधुकर केसि ,गोर्कण बोगटी र विजय गुरुङ निर्वाचित भएको निर्वाचन अधिकृत राजेश पाण्डेले बताए।
हिजो सम्पन्न अधिवेशन ले सदस्यहरू मध्यबाट उपाध्यक्षहरू क्रमशः (नेपाली सेना,ब्रिटिस सेना र इन्डियन सेना)गरी तीन जना लाई मनोनीत गरिएको थियो।
मनोनीत हुनेमा नवराज श्रेष्ठ,सुक बहादुर गुरुङ र धादिङकै अर्का सुक बहादुर गुरुङ हुन् ।
त्यस्तै महासचिव संगठनतर्फ पनि (नेपाली सेना,बृटिस सेना र इन्डियन सेना गरि ३ जनालाई सचिवमा मनोनीत गरेका छन् । सचिवमा मनोनीत हुनेमा बुद्धि बहादुर तामाङ, मधुकर केसी र श्याम बहादुर गुरुङ हुन् ।
कांग्रेस केन्द्रीय कार्यालयमा हिजो नेपाली कांग्रेसका पूर्वमन्त्री एनपी साउथको प्रमुख आतिथ्यमा अधिवेशन सम्पन्न भएको हो। अधिवेशनबाट निर्वाचित कार्यसमितिलाई बधाई शुभकामना व्यक्त गर्दै पूर्वमन्त्री साउदले जुन उद्देश्य बोकेर सैनिकहरू लडाइमा जान्छन् त्यस्तै सम्झेर पार्टीको संगठन निर्माण मा महत्त्वपूर्ण प्रभावकारी भूमिका निर्वाह गर्नेमा आफू विश्वस्त रहेको बताए।
पूर्व सैनिकहरूलाई कांग्रेस मेरुदण्ड मा राखेर काम गर्यो भने पार्टी भित्रका विमतिका स्वरहरू पार्टी भित्रको बेमेल र गुटबन्दी लाई न्यूनीकरण गर्न सकिने उनले बताए।
कार्यक्रममा इन्द्रावती गाउँपालिका सैनिक संघका अध्यक्ष लिला बहादुर तामाङले स्वागत मन्तव्य राखेका थिए।