मालीमा जिहादी आक्रमणमा ३२ जनाको मृत्यु

माली - मालीका सैनिक र रुसको वाग्नर भाडाका सैनिकको सुरक्षामा रहेको गाडीहरूको एक समूहमाथि भएको संदिग्ध जिहादी आक्रमणमा परी मालीको उत्तरी क्षेत्रमा ३२ जनाको मृत्यु भएको अधिकारीहरूले शनिबार बताएका छन् ।
उत्तरी शहर गाओ र एन्सोन्गोबीच शुक्रबार उक्त आक्रमण भएको प्रहरीले जनाएको छ ।
सुरुमा १० जनाको मृत्यु भएको भनिए पनि केही समयपछि मृतक सङ्ख्या ३२ पुगेको जानकारी मालीका सुरक्षा अधिकारीले जनाएका छन् ।
गाओस्थित एक अस्पताल स्रोतले भन्यो, ‘घटनास्थलबाट हामीकहाँ ३० भन्दा बढी मृत शरिर आएका छन् ।’
नाम नबताउने शर्तमा एक स्थानीय अधिकारीले एएफपीसँग भने, ‘जिहादीहरूले मालीका सैनिक र वाग्नर भाडाका सैनिकहरूको सुरक्षामा रहेको नागरिक काफिलामाथि आक्रमण गरेका थिए।’
प्रकाशित मिति: शनिबार, माघ २६, २०८१ २२:५७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय