बाजुरामा बाटोमै बच्चा पाएकी सिर्जनाको उद्धार

बाजुरा - बाजुरामा बाटोमै बच्चा पाएकी बोहराको उद्धार गरिएको छ।
जिल्लाको गौमुल गाउँपालिका–३ ग्रजेकी २२ वर्षीया सिर्जना बोहराको उद्धार गरिएको हो।
सिर्जनाले सुत्केरी हुन स्वास्थ्य संस्था जाने क्रममा बीच बाटोमा बच्चा जन्माएकी थिइन्।
स्वास्थ्य चौकी भन्दा एक घण्टा टाढा बाटोमै शिशु जन्माएपछि उनलाई महिला स्वास्थ्यकर्मीले स्ट्रेचरमा बोकेर स्वास्थ्य केन्द्र पु्याएका थिए। माझपाली आधारभूत स्वास्थ्य केन्द्रकी स्टाफ नर्स सिता खडुकाले आमा र बच्चाको स्वास्थ्य अवस्था सामान्य रहेको बताइन्।
प्रकाशित मिति: शनिबार, माघ २६, २०८१ १७:२३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय