Harsamaya
ज्यामिरेमानेमा सरकारविरुद्ध माओवादीको खबरदारी सभा: बस्नेत, सापकोटा र दुलालले गरे सम्बोधन
ज्यामिरेमानेमा आयोजित इन्द्रावती गाउँपालिकाको तेस्रो सम्मेलन तथा खबरदारी सभा ।

सिन्धुपाल्चोक - नेकपा माओवादीका उपमहासचिव एवम्  पूर्व मन्त्री एवं शक्ति बहादुर  बस्नेतले सरकार लोकतन्त्रको खिल्ली उडाउन तल्लीन भएको बताउँदै सरकार सांसदको भूमिकालाई खुम्च्याएर स्वेच्छाचारी  ढङ्गले चल्न खोजिरहेको आरोप लगाएका छन्।

शनिबार ज्यामिरेमानेमा आयोजित इन्द्रावती गाउँपालिकाको तेस्रो सम्मेलन तथा खबरदारी सभालाई सम्बोधन गर्दै पूर्वमन्त्री बस्नेतले सरकारले विचौलिया र स्वार्थ समूहहरूको लागि काम गरिरहेको बताए ।  बस्नेतले सरकार यही रवैयाका साथ अगाडि बढे यो सरकारले ठूलो मूल्य चुकाउन पर्ने समेत जिकिर गरे।

यता प्रतिनिधि सभा सदस्य एवम् माओवादी केन्द्रका केन्द्रीय सदस्य माधव सापकोटा सुबोधले सामाजिक न्याय सहितको समृद्धि हासिल गर्न भ्रष्टाचार मुक्त र सुशासन युक्त सरकार हुनुपर्ने  र त्यसो भएमा मात्रै समाजवाद प्राप्त हुने बताए । समाजवादको दिशामा अगाडि बढेको प्रचण्ड नेतृत्वको सरकार १८ महिनामै ढलाइदिएकोमा आक्रोश पोख्दै उनले  प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टहरूको फाइल फटाफट खोल्न र भ्रष्टहरू पक्राउ गर्न थाल्यो त्यसपछि काङ्ग्रेस एमाले आत्तिएर प्रचण्ड नेतृत्वको सरकार ढलाएको उनले बताए।

त्यस्तै पूर्वमन्त्री एवम् बागमती प्रदेशका सदस्य युवराज दुलालले  वर्तमान सरकार भ्रष्टाचारले डुङ्डुङ्ती गन्हाएको बताए। यो सरकार भ्रष्टाचारले डुङ्डुङ्ती गन्हाएको  बताउँदै यो सरकारको आयु धेरै लामो नभएको बताए।

ओली क्याबिनेटप्रति आक्रोश पोख्दै दुलालले यो सरकारको जन्म नै भ्रष्टहरूको गर्भबाट भएकोले यो सरकारको ध्यान भ्रष्टहरूलाई कसरी जोगाउने भन्ने तिर मात्रै रहेको बताए

प्रकाशित मिति: शनिबार, माघ २६, २०८१  १६:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update