भौतिक पूर्वाधार र खानेपानी मन्त्रालयमा आगलागी

काठमाडौं - भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र खानेपानी तथा सरसफाइ मन्त्रालयमा आगलागी भएको छ । सिंहदरबारमा रहेको मन्त्रालयमा शनिबार बिहान ८:३० बजेतिर आगलागी भएको जिल्ला प्रहरी कार्यालय काठमाडौंले जनाएको छ।
आगो नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ । बिजुली सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ । क्षतिको थप विवरण आइसकेको छैन ।
प्रकाशित मिति: शनिबार, माघ २६, २०८१ ०९:३७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय