Harsamaya
जिल्ला स्तरीय वक्तृत्वकलामा थाङपालधाप माविकी शर्मिला प्रथम
जिल्ला समन्वय समिति सिन्धुपाल्चोकद्वारा आयोजित वक्तृत्वकलामा विजेताहरूलाई पुरस्कार वितरण गरिदैं ।

सिन्धुपाल्चोक - जिल्ला समन्वय समिति सिन्धुपाल्चोकद्वारा आयोजित "समाजमा स्वच्छ वातावरणको लागी विद्यार्थीको भुमिका"  विषयक  जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगितामा पाँचपोखरी थाङपाल गाउँपालिकाको थाङपालधाप माध्यमिक विद्यालयकी विद्यार्थी शर्मिला भट्टराई प्रथम भएकी छिन् । 

यस्तै बलेफी गाउँपालिकाको ग्रिनल्याण्ड सेकेण्डरी स्कूलकी जेनि श्रेष्ठ दोस्रो हुँदा तेस्रो भने पाँचपोखरी थाङपालधाप गाउँपालिकाकै थाङपालधाप माविका दार्शनिक पौडेल भइन्।

प्रथम ,दोस्रो र तेस्रो स्थान हासिल गरेकालाई जिल्ला समन्वय समितिका प्रमुख बालकृष्ण श्रेष्ठले पुरस्कर वितरण गरेका थिए। हिजो सप्पन्न भएको प्रतियोगितामा २६ वटा विद्यालयका विद्यार्थीहरुले सहभागिता जनाएका छन् । 

प्रकाशित मिति: शुक्रबार, माघ २५, २०८१  ०९:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update