Harsamaya
शान्दार मम घटना: सात जनाको आइसीयुमा उपचार हुँदै, एकको अवस्था नाजुक (घाइतेहरूको नामावलीसहित)
किर्तिपुर अस्पताल

काठमाडौं - काठमाडौंको कमलपोखरीमा शान्दार मम रहेको भवनमा भएको आगलागी परी घाइते भएका ११ मध्ये ७ जनाको सघन उपचार कक्ष (आइसीयु) मा राखी उपचार भइरहेको छ । किर्तिपुर अस्पतालले दिएको जानकारीअनुसार चार जनाको वर्न वार्डमा राखेर उपचार भइरहेको छ । गम्भीर एक जनाको भने बिहीबार नै शल्यक्रिया गरेको अस्पतालले जनाएको छ । 

किर्तिपुरमा उपचार भइरहेकाहरूमा १८ देखि २८ वर्षका छन् । घटनामा घाइते भएकाहरूमा २२ वर्षका प्रदिप मगर,१९ वर्षाीय रविन राई,१८ वर्षका मनिष पोखरेल, २० वर्षका यश कुमार घले मगर,२० वर्षका आयुष मगर,१८ वर्षका रोहन लामा थिङ, २५ वर्षका भिम बहादुर आले, २१ वर्षका धन बहादुर तामाङ्ग, २४ वर्षका संयोग राना मगर,२८ वर्षका विराज मगर र २७ वर्षका छिरिङ्ग लामा रहेको अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

यीमध्ये रविन राई आयुश कुवर यस कुमार घले र मनिष पोखरेलको वार्डमा राखेर उपचार भइरहेको छ । उनीहरूको प्रा.डा. शंकर मान राईको नेतृत्वको विशेषज्ञ टोलीले उपचार गरिरहेको छ। चिकित्सक टोलीमा डा. विशाल कार्की, डा. मंगल घर्तिमगर र
डा. प्रदीप राजभण्डारी रहेका छन् ।  घाइतेहरू धेरैको मुहार जलेको छ ।

बिहीबार बिहान करिब ८ बजेर ३० मिनेटमा उक्त मम सेन्टरमा ग्यास विस्फोट भइ आगलागी हुँदा उनीहरू घाइते भएका थिए ।  
 

प्रकाशित मिति: शुक्रबार, माघ २५, २०८१  ०८:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update