Harsamaya
आजको राशिफल : सफलता र सम्भावनाको दिन !
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - आज २०८१ माघ २५ गते शुक्रवार। आजको दिन विशेष शुभ संकेतहरू बोकेर आएको छ। रोहिणी नक्षत्रको प्रभावले नयाँ अवसरहरू प्राप्त हुने संकेत देखिन्छ। व्यवसाय, करियर र पारिवारिक जीवनमा महत्वपूर्ण परिवर्तन आउन सक्छ।

मेष : आम्दानी सामान्य मात्र हुनेछ । खर्च भए पनि काममा विभिन्न अवसरले पछ्याउनेछन । मेहनत गर्दा अवसर भने पाइनेछ ।

वृष : नयाँ व्यवसाय सुरु गर्ने योग रहेको छ । सामाजिक काम गरेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । प्रयास गर्दा भाग्यले साथ दिनेछ ।

मिथुन : श्रमको उचित मूल्य पाइनुका साथै आम्दानी पनि बढ्नेछ । स्थितिमा सुधार आउनुका साथै आस मारेको काम बन्नाले मन खुसि रहनेछ ।

कर्कट : रमाइलो यात्राको अवसर मिल्नेछ । मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन समेत कसिन सक्छ । आस मारेको काम बन्नाले उत्साहत जाग्नेछ ।

सिंह : मन मिल्ने साथी भेटिनुका साथै प्रेमको गाँठो कसिने सम्भावना छ । कामको राम्रै मूल्यांकन हुनाले तपाईंको प्रतिभाको धेरैले तारिफ गर्नेछन ।

कन्या : मेहनतले विभिन्न अवसर जुटाउन सकिनेछ । परिवारजनबाट काममा सहयोग जुट्नेछ । साथिभाइले पनि काममा सहयोग जुटाउन सक्छन्।

तुला : आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । पैत्रिक सम्पत्तिको उपयोग गर्दा फाइदा उठाउन सकिनेछ । प्रतिष्ठित कामको जिम्मेवारी पाइनेछ ।

वृश्चिक : विगतका कमजोरी सच्याउने मौका मिल्नेछ । ठुला व्यक्तित्वको सहयोगले विशेष अवसर पाइनेछ । दिगो फाइदा हुने काम शुरु गर्ने अवसर जुट्नेछ ।

धनु : एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । परोपकारी काममा रुची बढ्नेछ । सामान्य कामबाट राम्रो लाभ उठाउन सकिनेछ । मन खुसि हुनेछ ।

मकर : बौद्धिक जमातलाई आकर्षित गर्ने काम सम्पादन गर्न सकिनेछ। व्यापार र उद्योगमा फाइदा हुनेछ । व्यवसायका लागि यात्रा गर्ने अवसर जुर्न सक्छ ।

कुम्भ : मेहनत गर्दा विगतका कमजोरीलाई सच्याउन सकिनेछ । पारिवारिक सम्बन्धमा सुधार आउनेछ । शिक्षा र बौद्धिक क्षेत्रमा उन्नति हुनेछ ।

मीन : बोलीको प्रभावले धेरैलाई आकर्षित गर्नुका साथै सजिलै काम बनाउन सकिनेछ । प्रशंसकहरू बढ्नेछन र मानसम्मान समेत पाइनेछ ।

आजको दिन शुभ फल प्राप्त गर्न बिहान शिवजीको पूजा गर्नु लाभदायक हुनेछ। सकारात्मक ऊर्जा अपनाउनुहोस्, आजको दिन तपाईँको पक्षमा रहोस्!

प्रकाशित मिति: शुक्रबार, माघ २५, २०८१  ०५:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update