Harsamaya
ग्यास सिलिण्डर विस्फोटपछि शान्दार मम पसल(फोटोहरू)
बिहीबार बिहान कमलपोखरीस्थित सानदार म:म पसलमा ग्यास सिलिण्डर विस्फोट हुँदा उनीहरू घाइते भएका हुन् । 

काठमाडौं - काठमाडौं कमलपोखरीमा आगलागीमा परी १४ जना घाइते भएका छन्।

बिहीबार बिहान कमलपोखरीस्थित सानदार म:म पसलमा ग्यास सिलिण्डर विस्फोट हुँदा उनीहरू घाइते भएका हुन् । 

घाइतेमध्ये ११ जनालाई कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्व अधिकारीले जानकारी दिए । ‘अस्पताल लगिएकामध्ये एकको अवस्था अलि गम्भीर छ’, उनले भने । अन्य तीन जना अस्पताल लैजानु नपर्ने खालका रहेको परिसरले जनाएको छ।
Kamalpokhari-Fire--2-1738829738.png
Kamalpokhari-Fire--3-1738829744.png
Kamalpokhari-Fire--5-1738829750.png
Kamalpokhari-Fire--4-1738829743.png
Crime-Scene-1738829738.png

प्रकाशित मिति: बिहीबार, माघ २४, २०८१  १४:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update