Harsamaya
त्रिविले पुराना विद्यार्थीका लागि मौका परीक्षाको अवसर (सूचनासहित)

काठमाडौं -  त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले पुराना विद्यार्थीहरूका लागि मौका परीक्षाको फाराम खोलेको छ । स्नातक तह र स्नातकोत्तर तहका लागि विद्यार्थीका लागि परीक्षा नियन्त्रण कार्यालयले मौका परीक्षाको आवेदन खुला गरेको हो ।

त्रिविले सूचना निकाल्दै स्नातकको समयसिमा कटेका सबै विद्यार्थी र २०५६ सालमा भर्ना भइ स्नातकोतरको प्रथम पटक प्रथम वर्षको परीक्षामा सहभागी भएका विद्यार्थीहरूले मौका परीक्षामा सहभागी हुन पाउने उल्लेख छ । 

३/४ वर्षे स्नातक तह प्रथम, दोस्रो, तेस्रो र चौथो वर्ष तथा स्नातकोत्तर तह प्रथम, दोस्रो वर्षको मौका परीक्षा दिन परीक्षा आवेदन फाराम खुला गरेको सूचनामा उल्लेख छ।

 

tu-1738827492.jpg

tu-2-1738827492.jpg

प्रकाशित मिति: बिहीबार, माघ २४, २०८१  १३:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update