ग्यास सिलिन्डर विस्फोटमा घाइते भएका ११ जनालाई लगियो कीर्तिपुर, एकको अवस्था गम्भीर

काठमाडौं - काठमाडौं कमलपोखरीमा ग्यास सिलिन्डर विस्फोट हुँदा १४ जना घाइते भएका छन्।
बिहीबार बिहान कमलपोखरीस्थित सानदार म:म पसलमा ग्यास सिलिण्डर विस्फोट भएको हो।
विस्फोटमा परी १४ जना घाइते छन्। घाइतेमध्ये ११ जनालाई कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्व अधिकारीले जानकारी दिए । ‘अस्पताल लगिएकामध्ये एकको अवस्था अलि गम्भीर छ’, उनले भने ।
अन्य तीन जना अस्पताल लैजानु नपर्ने खालका रहेको परिसरले जनाएको छ।
प्रकाशित मिति: बिहीबार, माघ २४, २०८१ १३:०३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय