बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं - स्थानीय बजारमा आज सुन र चाँदीको कारोबार मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला रु एक हजार ६०० ले बढेर रु एक लाख ६८ हजार ५०० कायम भएको छ ।
छापावाला सुन बुधबार प्रतितोला एक लाख ६६ हजार ९०० मा कारोबार भएको थियो । त्यस्तै आजका लागि चाँदीको कारोबार मूल्य प्रतितोला एक हजार ९८० तोकिएको महासंघले जनाएको छ ।
अघिल्लो दिन चाँदी प्रतितोला एक हजार ९७५ मा कारोबार भएको चाँदी आज प्रतितोला पाँचले बढेको हो ।
प्रकाशित मिति: बिहीबार, माघ २४, २०८१ १२:५५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय