संघीय संसदका दुवै सदनको बैठक बस्दै

काठमाडौँ - आज संघीय संसदका दुवै सदनको बैठक बस्दैछ ।
संघीय संसद अन्तर्गतको प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्नेछ भने राष्ट्रियसभाको बैठक दिउँसो १:१५ बजे बोलाइएको छ ।
गत माघ १८ गतेदेखि सुरू भएको संसदको हिउँदे अधिवेसनको दोस्रो बैठक आज बस्न लागेको हो ।
बैठकमा सरकारले जारी गरेको ६ वटा अध्यादेशका बारेमा छलफल हुनेछ ।
प्रकाशित मिति: बिहीबार, माघ २४, २०८१ ०८:२१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय