Harsamaya
पूर्वगृहमन्त्री रविको आज पनि चितवन अदालतमा थुनछेक बहस
पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ।

काठमाडौँ -  पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज पनि चितवन अदालतमा उपस्थित गराइँदै छ ।

सहारा चितवन सहकारी ठगी प्रकरणमा बुधबार थुनछेक बहस नसकिएपछि आज १० बजे अदालतमा उपस्थित गराउन लागिएको हो ।

आज जाहेरवाला र प्रतिवादीको तर्फबाट बहस र थुनछेक गर्नेछन् । थुनछेक बहस सकिए आजै थुनछेक आदेश आउने सम्भावना रहेको छ ।

प्रकाशित मिति: बिहीबार, माघ २४, २०८१  ०८:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update