Harsamaya
यस्तो छ तपाईंको आजको राशिफल
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौँ - आज २०८१ माघ २४ गते बिहिवार। आजको पञ्चाङ्ग अनुसार, माघ शुक्ल नवमी तिथि, ब्रह्मा मुहूर्त, बालव करण र कृत्तिका नक्षत्र रहेको छ। सूर्योदय बिहान ६:५० बजे र सूर्यास्त बेलुकी ५:४६ बजे हुनेछ।

मेष : काममा केही चुनौती देखिए पनि मेहनत गर्दा समयको सदुपयोग हुनेछ । सहयोगीहरूले सहयोगका लागि तत्परता देखाउनेछन । मन खुसि रहनेछ ।

वृष : नयाँ ज्ञान सिक्ने मौका छ । व्यापार व्यवसायबाट लाभ हुनेछ । व्यावसायिक यात्रा सम्भावना छ । दाम्पत्य जीवन सुखमय रहनेछ ।

मिथुन : धेरैले बिश्वास गर्नेछन । सोचेको आटेको काममा सफलता मिल्नेछ । शत्रुहरू पराजित हुनेछन भने रमाइलो यात्राको योग रहेको छ ।

कर्कट : समय साथीभाईसंग रमाइलोमा बित्नेछ । सुखद समाचार सुन्न पाइनेछ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ ।

सिंह : प्रतिष्ठित काम गर्ने मौका छ । सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन । ढिलासुस्तीले काम रोकिनुका साथै मौका गुम्ने भयले सताउनेछ ।

कन्या : प्रयत्न गर्दा बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्न सकिनेछ । महत्वाकांक्षी योजना बिस्तारै फलदायी हुनेछन ।

तुला : नसोचेको धन लाभ हुन सक्छ । प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ । स्वास्थ्यमा भने केहि समस्या देखिन सक्छ ।

वृश्चिक : आम्दानी प्रशस्तै बढ्नेछ । परिवारसंग मनमुटाब हुने देखिन्छ । आतिथ्यपूर्ण सम्मान पाइएला । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ ।

धनु : सोचेको भन्दा आम्दानी धेरै हुँदा मन प्रसन्न रहनेछ । पढाई लेखाइमा प्रगति हुनेछ । सहयोगका नाममा ठगीमा परिने योग भएकाले होसियार रहनुहोला ।

मकर : ब्यापार ब्यबसायबाट त्यति लाभ मिल्नेछैन । पढाइ लेखाइमा प्रगति हुनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ ।

कुम्भ : सम्पत्तिको लागि घर झगडा हुने देखिन्छ । साथीभाईको सहयोगले आत्मबल बढ्नेछ । आमाको साथले नयाँ कामको थालनी हुनेछ ।

मीन : आफ्नै प्रयासले काममा लाभ मिल्नेछ । स्वास्थ्यमा सुधार आउनेछ । पुरानो समस्याले सताउन सक्छ । दाम्पत्यमा शंका र असमझदारी बढ्न सक्छ ।

प्रकाशित मिति: बिहीबार, माघ २४, २०८१  ०६:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update