Harsamaya
"लाज शरणम्" को बहुप्रतीक्षित गीत 'हेर्दा हेर्दैमा' भोलि सार्वजनिक हुँदै
"लाज शरणम्" को प्रमोशनल गीत 'हेर्दा हेर्दैमा' सार्वजनिक हुँदै ।

काठमाडौं – नेपाली चलचित्र क्षेत्रमा बहुप्रतीक्षित फिल्म "लाज शरणम्" को प्रमोशनल गीत 'हेर्दा हेर्दैमा' बिहीबार सार्वजनिक हुने भएको छ । जेपिटी क्रिएसनको ब्यानरमा निर्माण भएको  फिल्मको उक्त गीत भोलि दिउँसो २:३० बजे सार्वजनिक हुने भएको हो।   यस फिल्मलाई कुमार कट्टेलले निर्देशन गरेका छन्।

नवीन श्रेष्ठको निर्माणमा बनेको यो फिल्ममा राम नरेश शाह र सृजना खड्का सह-निर्माताका रूपमा छन् भने अर्जुन घिमिरे 'पाँडे' कार्यकारी निर्माता रहेका छन्।'हेर्दा हेर्दैमा'को गीतमा  संगीत कृष्ण भारद्वाजले दिएका छन् भने स्वर आशिष अविरल र शान्तिश्री परियारले दिएका छन् । 

गीतका शब्दहरू आनन्द अधिकारीले रचना गरेका छन् भने मिलन विश्वकर्माले रंग संयोजन गरेका छन्। यस गीतको कोरियोग्राफी गम्भीर बिस्टले गरेका छन् भने सहायक कोरियोग्राफर सुरेन बस्नेत र रोशन विश्वकर्मा रहेका छन्।

गीतको छायांकन डीओपी सुदीप बरालले गरेका छन् भने सम्पादन प्रविण भट्टले गरेका छन्। उक्त फिल्म महाशिवरात्रि (फागुन १४ गते) मा देशभरका हलहरूमा प्रदर्शन हुँदैछ ।

फिल्मको टिमले 'हेर्दा हेर्दैमा' गीतमार्फत दर्शकलाई झन् उत्साहित बनाउने विश्वास लिएको छ।  

गत वर्षको फाल्गुण २ गते चलचित्रको नाम घोषणा गरिएको थियो ।  २०८१ को सुरुवातबाट फिल्मको सुटिङको काम अघि बढाइएको थियो ।

Poster-1738773630.jpeg
 

प्रकाशित मिति: बुधबार, माघ २३, २०८१  २२:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update