Harsamaya
शेखर कोइराला र म १५औं महाधिवेशनसम्म एउटै समूहमा रहन्छौं - महामन्त्री थापा
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा

काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू र वरिष्ठ नेता डा.शेखर कोइराला १५औं महाधिवेशनसम्म एउटै समूहमा रहने प्रतिक्रिया दिएका छन्। 

पत्रकारहरूसँग संक्षिप्त कुरा गर्दै थापाले कोइरालालाई आफूले आज पनि नेता मानेको र भोलि पनि मानिरहने बताएका हुन्।  

'उहाँ आज पनि नेता हुनुहुन्छ। भोलि पनि रहनु हुनुहुन्छ। पार्टीभित्र म उहाँको नेतृत्वमा १४औं महाधिवेशनमा म प्रतिस्पर्धा गरेको हुँ,' उनले भने। 

उनले अहिले आफू पार्टीको महामन्त्रीसमेत भएकाले सबैको हुने कोशिस भने गरिरहेको बताए। तर कांग्रेसभित्र समूहको कुरा आउँदा आफू कोइराला भएकै समूहमा रहेको उनको भनाइ छ।  

'पार्टीभित्र हामीकहाँ समूह बन्ने कुरा स्वभाविक भए। महामन्त्रीको रुपमा मैले सबैको हुने कोशिस गर्नुपर्छ। जब समूहको कुरा आउँछ १५औं महाधिवेशनसम्म शेखर कोइराला र म एकै ठाउँमा छौँ,' उनले भने, 'म चाहिँ त्यहीँ छु। म जहाँछु शेखर कोइराला डाक्टरसाप पनि हुनुहुन्छ भन्ठान्छु रहने कि नरहने भन्ने कुरा आ-आफ्नो व्यक्तिगत छनोटको कुराहरू भए।'

कांग्रेसको  १४औं महाधिवेशनमा गगन शेखरको समूहबाट महामन्त्री उम्मेदवार बनेर निर्वाचित बनेका हुन्। शेखर भने शेरबहादुर देउवासँग सभापति पदमा पराजित भए। 


 

प्रकाशित मिति: बुधबार, माघ २३, २०८१  २२:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update