Harsamaya
रविको बयान सकियो, थुनछेक बहसको तयारी

चितवन - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)  का सभापति रवि लामिछानेको बयान चितवन जिल्ला अदालतमा भर्खरै सकिएको छ ।

साहारा चितवन बहुउद्देश्यीय सहकारीको रकम ठगी मुद्दाका प्रतिवादी रवि लामिछानेको बयानका लागि आज बिहान अदालतमा उपस्थित भएका थिए ।

न्यायाधीश दयाराम ढकालको इजलासमा रविको बयान लिइएको हो । बयान सकिएसँगै थुनछेन बहसको तयारी गरिएको छ । बहसका लागि दुवै पक्षबाट १३ जनाले वकालतनामा दर्ता गराएका छन् ।

सरकारी वकिलको तर्फबाट तीन जना, सहकारी पीडितको तर्फबाट चार जना र रविको पक्षबाट बहस गर्न ६ जनाले वकालतनामा दर्ता गरेका छन् ।

जिल्ला सरकारी वकिलको कार्यालय चितवनले मंगलबार रवि सहित १५ जना विरुद्ध पुरक अभियोग पत्र दायर गरेको थियो । यसअघि असोज ८ गते १७ जना विरुद्ध मुद्दा दर्ता भएको थियो ।

प्रकाशित मिति: बुधबार, माघ २३, २०८१  १५:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update