Harsamaya
सामाजिक सञ्जालमा अराजकता रोक्न खोजिएको हो: योगेश भट्टराई
नेकपा एमालेका सचिव योगेश भट्टराई ।

काठमाडौं - नेकपा एमालेका सचिव योगेश भट्टराईले सामाजिक सञ्जाललाई प्रतिबन्ध लगाउने नभई नियमन गर्न खोजिएको बताएका छन् ।

बुधबार अनलाइन टिभी पत्रकार संघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा भट्टराईले सामाजिक सञ्जाल चलाउनेहरू स्वनियमनमा बस्नु पर्ने बताएका हुन् ।

अन्यथा सरकारले नियन्त्रण गर्नुपर्ने उनको धारणा छ । ‘दण्ड सजायको उद्देश्य होइन, स्वनियमनको उद्देश्य हो, कानुनमा दण्ड सजायको पनि व्यवस्था हुन्छ, दण्ड सजाय बढी भएको रहेछ भने त्यसलाई घटाउन पनि मिल्छ’, भट्टराईले भने । 

कतिपय मुलुकमा तोकिएका उमेर समूहका बाहकका व्यक्तिले सामाजिक सञ्जाल चलाउन नमिल्ने व्यवस्था रहेको उनले सुनाए ।

ती मुलुकहरूमा दण्ड सजाय पनि निक्कै चर्को भएको भट्टराईले बताउँदै सामाजिक सञ्जालमा कसैको मानहानी गरेर कसैले क्षति पुर्‍याए त्यसको क्षतिपूर्ति पाउनु पर्ने उनको भनाइ छ ।

प्रकाशित मिति: बुधबार, माघ २३, २०८१  १५:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update