Harsamaya
काठमाडौंका ३५ भन्दा बढी ठाउँमा ‘पोलिकन क्रसिङ लाइट’ सिस्टम जडान
पद्मकन्या बहुमुखी क्याम्पस अगाडी ‘पोलिकन क्रसिङ लाइट’ सिस्टम सञ्चालनमा ।

काठमाडौं - काठमाडौंको बागबजारस्थित पद्मकन्या बहुमुखी क्याम्पस अगाडी ‘पोलिकन क्रसिङ लाइट’ सिस्टम सञ्चालनमा आएको छ । 

क्याम्पसमा पठनपाठन गर्ने विद्यार्थीहरू र अन्य पैदल यात्रुलाई अब बाटो काट्न सहज होस भनेर ‘पोलिकन क्रसिङ लाइट’ सिस्टम जडान गरिएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।

पैदलयात्रीले बटन थिच्दा सवारीसाधन आइरहेको साइडमा रातो र जेब्राक्रसपट्टि हरियो बत्ती बल्ने छ ।

एकपटक बटन थिचेपछि ३० सेकेन्डसम्म बत्ती बल्ने र सो समयमा यात्रुले बाटो काट्न सक्नेछन् । लाइट जडान गरेपछि महानगरले त्यसको प्रयोगका बारेमा विद्यार्थीहरूलाई जानकारी गराएको थियो ।

काठमाडौं महानगरले हालसम्म ३५ भन्दा बढी स्थानमा पोलिकन क्रसिङ लाइट सिस्टम जडान गरिएको जनाएको छ ।

प्रकाशित मिति: बुधबार, माघ २३, २०८१  १५:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update