Harsamaya
भरुवा बन्दुकसहित दुई भारतीय र एक नेपाली नागरिक पक्राउ
कैलालीको धनगढीबाट दुई थान भरुवा बन्दुकसहित भारतीय नागरिक पक्राउ।

धनगढी - कैलालीको धनगढीबाट दुई थान भरुवा बन्दुकसहित भारतीय नागरिक पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–१८ एफ गाउँबाट २ थान भरुवा बन्दुक र चाकुसहित दुई जना भारतीय र एक नेपाली नागरिक पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय, कैलालीले मंगलबार धनगढी उपमहानगरपालिका-१८ एफगाउँ आर्यघाटबाट भारतको लखिमपुर गुलरियाका ३२ वर्षीय रियासत अली, सोही ठाउँको ४० वर्षीय देशराज राना र धनगढी–१९ को ३९ वर्षीय गुरुप्रसाद चौधरी दुई थान भरुवा बन्दुक र चाकुसहित पक्राउ परेका बताएको छ।

उनीहरूलाई भारतबाट नेपाल आउदै गर्दा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, नेपाल प्रहरी प्रदेश प्रहरी कार्यालय, महेन्द्रनगर र जिल्ला प्रहरी, कैलालीको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो।

उनीहरूको विषयमा थप अनुसन्धान जारी रहेको कैलाली प्रहरीले जनाएको छ।

प्रकाशित मिति: मंगलबार, माघ २२, २०८१  २०:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update