Harsamaya
नेपाललाई जितका लागि १०७ रनको लक्ष्य
थाइल्याण्ड र नेपालका खेलाडीहरू ।

काठमाडौं - त्रिकोणात्मक टि-ट्वान्टी शृङ्खलाअन्तर्गत आज भएको खेलमा थाइल्याण्डले नेपाल सामू जितका लागि १०७ रनको लक्ष्य प्रस्तुत गरेको छ । 

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको थाइल्याण्डले निर्धारित २० ओभरमा छ विकेटको क्षतिमा एक सय छ रन बनायो । 

थाइल्याण्डका लागि चनिदा सुथिराङले अविजित २७ र थिपाथ्चा पूथावोङले अविजित २५ बनाए । साथै नानपत कोन्चारोन्काइले १९ रनको योगदान दिइन् । 

नेपालका लागि मनीषा उपाध्यायले तीन विकेट लिइन् पूजा महतो र रचना चौधरीले समान एक/एक विकेट लिए । नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।
 

प्रकाशित मिति: मंगलबार, माघ २२, २०८१  १४:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update