Harsamaya
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
सांकेतिक तस्वीर : हर समय/Har Samaya

रूपन्देही - १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सैनामैना नगरपालिका-३ सरौली बस्ने २५ वर्षीय सागर थापालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । 

सागरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

प्रकाशित मिति: बिहीबार, पुस ११, २०८१  १९:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update