Harsamaya
राष्ट्रपति पौडेलबाट वसन्त श्रवण (फोटो फिचर)
राष्ट्रपति रामचन्द्र पौडेल आज हनुमानढोका दरबारस्थित नासलचोक गएर वसन्त श्रवण गरेका छन् ।

काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले आज विहान विश्वसम्पदा सूचीमा रहेको ऐतिहासिक हनुमानढोका दरबारस्थित नासलचोक गएर वसन्त श्रवण गरेका छन् । सो अवसरमा राष्ट्रपति पौडेलले पुजारीबाट फूलमाला, टीका र प्रसाद ग्रहण समेत गरे ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले उपलब्ध गराएकोे बिहान ७ बजेर ५५ मिनेटको शुभसाइतमा उनले वसन्त श्रवण गरेका हुन् ।

वसन्त पञ्चमीको दिन हरेक वर्ष राष्ट्रप्रमुखको रूपमा राष्ट्रपतिले वसन्त श्रवण गर्ने चलन रहिआएको छ । वसन्त श्रवण श्रीमद्भागवत महापुराणको कथामा आधारित भएको मानिन्छ । राष्ट्रपतिलाई नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गर्नुका साथै पञ्चेबाजाले स्वागत गरिएको थियो ।

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल उपस्थित थिए । सोही अवसरमा सरकारका उच्च अधिकृतकासाथै सुरक्षाअङ्गको प्रमुखहरु सहभागी थिए । वसन्तपञ्चमीका दिन देशभर विद्याकी देवी सरस्वतीको पूजाआराधना गर्ने गरिन्छ ।
Rastrapati-Photofeature-4-1738554502.png
Rastrapati-Photofeature-6-1738554508.png
Rastrapati-Photofeature-2-1738554495.png
Rastrapati-Photofeature-5-1738554506.png
Rastrapati-Photofeature-7-1738554513.png
Rastrapati-Photofeature-6-1738554508.png
Rastrapati-Photofeature-1-1738554494.png
Rastrapati-Photofeature-8-1738554516.png
Rastrapati-Photofeature-10-1738554523.png
Rastrapati-Photofeature-9-1738554519.png

प्रकाशित मिति: सोमबार, माघ २१, २०८१  ०९:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update