इरानमा बस पल्टिँदा ५४ जना घाइते

इरान - इरानको मध्य प्रान्त सेमनानको एक इन्टरसिटी सडकमा आइतबार बिहान बस पल्टिँदा ५४ जना घाइते भएका छन् ।
सोरखेह काउन्टीबाट प्रादेशिक राजधानी सेमनान जाने सडकमा बिहान ४:४५ बजे बस दुर्घटना भएको हो ।
चिकित्सा विज्ञान तथा स्वास्थ्य सेवा प्रवक्ता करेन याह्याईले भने,'एम्बुलेन्सले घाइतेलाई सेमनान अस्पताल पुर्याएको छ ।'
घटनाबारे सेमनानका ट्राफिक प्रहरी प्रमुख मौसा बोजोर्गीले चालक निद्रामा परेका कारण बस सडकबाट खसेको बताए ।
'दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान भइरहेको छ ।'
प्रकाशित मिति: आइतबार, माघ २०, २०८१ २०:०८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय