Harsamaya
केबलकार निर्माण खारेजीको माग गर्दै गरिएको बन्दले पूर्वको जनजीवन प्रभावित
ताप्लेजुङको मुक्कुम्लुङमा केबलकार निर्माण खारेजीको माग गर्दै आव्हान गरिएको बन्द ।

काठमाडौं - ताप्लेजुङको मुक्कुम्लुङमा केबलकार निर्माण खारेजीको माग गर्दै आव्हान गरिएको बन्दका कारण पूर्वका विभिन्न जिल्लाको जनजीवन प्रभावित भएको छ । 

केबलकार खारेजी संघर्ष समिति, मुक्कुम्लुङ संरक्षण समिति लगायतले आव्हान गरेको बन्दका कारण विभिन्न जिल्लाको जनजीवन प्रभावित भएको हो । 

बन्द आव्हान गर्दै हिँडेका प्रदर्शनकारी र प्रहरीबीच झापाको दमकमा झडप भएको थियो । सो क्रममा केही प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

पूर्वका विभिन्न जिल्लाका राजमार्गमा बाक्लो रूपमा सुरक्षाकर्मी तैनाथ गरेर यातायात सुचारु गर्ने प्रयास गरिएको छ । विभिन्न माग राख्दै संघर्ष समितिले हित माघ २० र २१ गते दुई दिन अरुणपूर्वका ९ जिल्ला बन्दको आव्हान गरेको हो ।

banda-1738491750.jpg
 

 

प्रकाशित मिति: आइतबार, माघ २०, २०८१  १६:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update