Harsamaya
अनुचित लेनदेन, खेलमा मिलोमतो र अनुमति नलिइ क्यासिनो सञ्चालनलाई सम्पत्ति शुद्धीकरण निवारण ऐन अनुसारको कसुर तोक्ने सरकारको निर्णय
मन्त्रिपरिषद् बैठक
काठमाडौं - सरकारले अनुचित लेनदेन, खेलमा मिलोमतो र अनुमति नलिइ क्यासिनो सञ्चालनलाई सम्पत्ति शुद्धीकरण निवारण ऐन अनुसारको कसुर तोक्ने निर्णय गरेको छ । 
 
बिहीबार सिंहदरबारमा पुस ९ गते बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले अनुचित लेनदेन, खेलमा मिलेमतो र अनुमति नलिइ क्यासिनो सञ्चालनका साथै मानव तस्करी, हुण्डी र भर्चुअल मुद्रा प्रयोगलाई समेत शुद्धीकरण निवारण ऐन अनुसारको कसुर तोक्ने निर्णय भएको जानकारी दिए । 
 
अब उक्त कसुरमा शुद्धीकरण निवारण ऐन आकर्षित हुने प्रवक्ता गुरुङले बताए ।  बैठकले सहकारीसम्बन्धी केहि नेपाल ऐन संशोधन गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ भने सवारी तथा यातायात व्यवस्था (दशौं संशोधन) नियमावली, २०८१ स्वीकृत गरेको छ ।
 
बैठकले नेपाल बीमा प्राधिकरणका अध्यक्ष नियुक्त गर्ने प्रयोजनका लागि नाम सिफारिस गर्न योजना आयोगका सम्बन्धित क्षेत्र हेर्ने सदस्यको संयोजकत्वमा अर्थ मन्त्रालयका सचिव र ज्योतिचन्द्र ओझा रहेको सिफारिस समिति गठन गर्ने निर्णय गरेको प्रवक्ता गुरुङले बताए । 
 
प्रवक्ता गुरुङले लिपुलेकका सन्दर्भमा भारत र चीनबीच भएको सहमति नेपाललाई प्रभाव पार्ने ढंगले नभएको मन्त्रिपरिषद्ले निष्कर्ष निकालेको बताए । सो विषय दुई देशबीच पहिलेदेखिकै प्राविधिक कुरा भएको उनले बताए । प्रवक्ता गुरुङले उक्त सहमतिका कारण नेपालले कुनै चिन्ता लिनु नपर्ने उल्लेख गरे । 
 
यसअघि भारत र चीनले नेपालकोसमेत दाबी रहेको लिपुलेक क्षेत्रबाट मानसरोवर यात्रा खुलाउने सहमति गरेपछि बिभिन्न कोषबाट बहस हुँदै आएको थियो । 
प्रकाशित मिति: बिहीबार, पुस ११, २०८१  १७:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update