
विस्तारामा पल्टी रहँदा,
आज मिठो सपना आयो
म अफिसबाट घर फर्किना साथ,
प्यारीको हातको चिया खाको
नानाबानालाई स्कूलमा लिन गाको
अनि,
शनिबारको दिन मस्त सपरिवार घुम्न गाको ।
यतिकैमा सिठी बज्यो म झसङ्ग भएँ
सपनाका तिर्सना निकै तिता रहे
ती कहिल्यै हुनै नसक्ने छञ्डले,
मलाई निकै रुवाउँछ
म कैद छु आज पहरा भित्र
जहाँ मैले आफ्नै चित्र नदेख्या वर्षौ भएको छ ।
अथाह सम्पत्तिको प्रलोभनमा परी
लागू औषध तस्करमा जेल परे
सँगै जेल परेको साथी,
सात दिनमा नै छुट्यो
माफी नामा पनि त्यस्तै,
खुँखार गुण्डागर्दी गर्नेका मात्र भयो
पहिलो पटकको यो तस्करीले,
मेरो सम्पूर्ण जीवन लुट्यो ।
अहिले मेरो दिन चर्या बितेको छ,
यो कालकोठरी भित्र
कहिले टोलाई बस्छु त कहिले बनाउँछु,
भितामा आमाको चित्र
दिन पनि यहीँ, रात पनि यहीँ कोठा भित्र
अक्षर नपढेको म,
छुट्ने दिन गन्न पनि कोर्नु परेको छ लौरोको चित्र ।
धिक्कार मान्छु अनि सोच्छु ,
यस्ता तस्करी काम नगरेको जाती
म जेल परे अपमानित हुँदै गए,
परिवारका सदस्य जति
जुन दिन बाको आत्महत्याको कुरा सुने,
तब थाहा भयो इज्जत भन्दा हुन्न रहेछ केही माथि
धिकार्दै आफूलाई पिट्दै छाती,
बिताउँदै छु म यही कालो कोठामा दिन,
अनि राति ।