काठमाडौं - के तपाईंले कहिल्यै सोच्नुभएको छ किन महिलाको जिन्सको खल्ती पुरुषको जिन्सको पकेट गहिराइभन्दा धेरै सानो हुन्छ ? यो प्रश्न हाम्रो मनमा बारम्बार उठ्छ।
आखिर, किन महिलाहरूले ठूला पर्स वा झोलाहरू बोकिरहेका हुन्छन जबकि पुरुषहरूले आफ्नो खल्तीमा सबै कुरा राख्न सक्छन् । यस प्रश्नको जवाफ खोज्नको लागि थोरै इतिहास र फेसन प्रवृत्तिहरू हेरौं।
इतिहासको भूमिका :-
वर्किङ क्लास र जिन्स : जिन्सको जन्म अमेरिकामा मजदुर वर्गका लागि भएको हो। त्यतिबेला महिलाहरूले प्रायः घरको काम गर्थे र पुरुषहरूले खेत र कारखानामा काम गर्थे। पुरुषहरूलाई आफ्ना उपकरणहरू र अन्य वस्तुहरू समात्न ठूला खल्तिहरू चाहिन्थ्यो , त्यसैले तिनीहरूको जीन्समा गहिरो खल्तिहरू बनाइयो।
महिलाको फेसन : बिस्तारै जिन्स महिलाको फेसनको हिस्सा बन्यो, तर सुरुमा महिलाहरूको जीन्सको डिजाइन पुरुषको डिजाइन जस्तै थियो। यद्यपि, समयको साथ जीन्स अधिक स्टाइलिश र महिलाहरूको लागि उपयुक्त भयो।
खल्तीको उद्देश्य : पुरुषको खल्तीको मुख्य उद्देश्य चीजहरू राख्नु थियो भने महिलाको खल्तीको मुख्य उद्देश्य सजावट मात्रै थियो।
फेसनको प्रभाव :-
शारीरिक संरचना : महिलाको शरीरको संरचना पुरुषभन्दा फरक हुन्छ । गहिरो खल्तीले महिलाको शरीरलाई असंतुलित देखाउन सक्छ र तिनीहरूको बटमहरू फ्ल्याबी देखाउन सक्छ।
फेसन ट्रेन्ड : फेसन ट्रेन्ड परिवर्तनले महिलाको जिन्सको पकेटको साइजलाई पनि असर गरेको छ। स्किनी जिन्स र टाइट फिटिङ जीन्सको आगमनसँगै पकेटको साइज पनि सानो हुन गएको हो ।
फेसन : फेसनको दृष्टिकोणबाट यो विश्वास गरिएको थियो कि महिलाको जीन्समा ठूलो खल्ती राम्रो देखिँदैन तसर्थ, महिलाहरूलाई थप राम्रो र आकर्षक देखाउन साना र सजावटी खल्तीहरू बनाउन थालियो ।
मार्केटिङको प्रभाव :-
पर्स र झोला : ठूला र सुन्दर झोलालाई महिलाको फेसनको हिस्सा बनाउन जिन्सको पकेटलाई सानो बनाउन थालिएको हो ।
मार्केटिङ टेक्निक : सानो गोजी भएका कारण महिलाहरूले सधैं पर्स वा झोला बोक्नुपर्छ। जसका कारण जिन्स मात्र नभई अधिकांश महिलाको लुगामा या त खल्ती हुँदैन वा निकै सानो हुन्छ ।
तर, अहिले बजारमा महिलाका लागि धेरै जिन्स पनि उपलब्ध छन्, जसको खल्ती गहिरो हुन्छ । अहिले धेरै लुगामा पकेट पनि बनाइने गरेको छ ।