Harsamaya
आजको राशिफल: तपाईको भाग्यले कुन अवसर ल्याउँदैछ?
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौँ - जीवनमा हरेक दिन नयाँ अवसर र चुनौतीहरू लिएर आउँछ। कसैका लागि आजको दिन प्रेम र मित्रताको बन्धन बलियो बनाउनेछ भने कसैका लागि व्यापार र करियरमा उन्नतिको ढोका खुल्नेछ।

कतै पारिवारिक सुख मिल्नेछ भने कतै अप्रत्याशित समस्या आइपर्न सक्छन्। राशिफलले तपाईंलाई दिनभरि हुने सम्भावित घटनाहरूको संकेत दिन्छ, जसले तपाईंलाई सही निर्णय लिन र अवसरको सदुपयोग गर्न मद्दत पुर्‍याउँछ।

आजको ग्रह-नक्षत्रको चालले कुन राशिमा कस्तो प्रभाव पार्नेछ? आर्थिक, स्वास्थ्य, करियर र प्रेम सम्बन्धमा तपाईका लागि आजको दिन कस्तो रहनेछ? तपाईको आजको दिन कस्तो रहनेछ? प्रेम, व्यापार, स्वास्थ्य र परिवारका विषयमा के भन्छ तपाईको राशि? आउनुहोस्, आजको राशिफल हेर्नुहोस् :-

मेष : प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । साथीभाईको सहयोग मिल्नेछ । आयआर्जन पनि राम्रै हुनेछ ।

वृष : आफ्नो अधिकारको लागि लड्नुपर्ने छ । काम र व्यापार व्यवसायबाट फाइदा उठाउन सकिनेछ । शत्रुहरू पराजित हुनेछन ।

मिथुन : काम गर्ने जोश, जाँगर र आत्मबल बढ्नेछ । सुखद समाचार सुन्न पाइनेछ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ ।

कर्कट : सन्तानले प्रसन्नता दिलाउनेछन । परिवारजनको सहयोगले फाइदा लिन सकिनेछ । मान्यजनको सहयोगमा काममा सफलता मिल्नेछ।

सिंह : परिवारको सहयोगले महत्वपूर्ण कामको थालनी हुनेछ । ब्यापार ब्यबसायबाट पनि फाइदा हुनेछ । साथीभाईसंग रमाइलोमा समय बित्नेछ ।

कन्या : दाम्पत्य जीबनमा खुसियाली छाउनेछ । पारिवारिक सम्बन्धमा सुधार आउनेछ । काममा सफलता मिल्नेछ । आफ्नै प्रयासले गरेका काममा भने लाभ मिल्नेछ ।

तुला : सामाजिक मानसम्मान पाइने समय छ । रमाइलो यात्राको मौका रहेकोछ। अप्ठ्यारा परिस्थितिको सामना गर्नुपर्ला । काममा केही चुनौतीहरू देखिनेछन ।

वृश्चिक : सोचेको आटेको काममा सफलता मिल्नेछ । आम्दानीका श्रोतहरु फेला पर्नेछन । साथीभाईसंगको सम्बन्धमा सुधार आउनेछ ।

धनु : ब्यापार ब्यबसायबाट राम्रो लाभ मिल्ने योग छ । पढाइ लेखाइमा प्रगति हुनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । प्रतिष्ठित काम सफल गर्ने मौका छ ।

मकर : पारिवारिक सम्बन्धमा सुधार आउनेछ भने मन खुसि रहनेछ । मान्यजनको सुझावले नयाँ काममा हात लाग्नेछ । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ।

कुम्भ : धेरैले सहयोग गर्ने तत्परता देखाउनेछन । मनग्य धन कमाउने अवसर मिल्नेछ । पुरानो समस्याले पनि झमेला आइलाग्ने योग रहेकोछ ।

मीन : पारिवारिक जमघटमा मन रमाउनेछ । विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ । स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । प्रतिष्ठित काम गर्ने मौका छ।

प्रकाशित मिति: शुक्रबार, माघ १८, २०८१  ०६:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update