Harsamaya
महाकुम्भमा नेपालीका लागि बसोबास र खानपानको सुविधा
महाकुम्भ मेला, भारत ।

काठमाडौं - भारतको प्रयागराजमा जारी महाकुम्भ मेलामा नेपालका ५० लाखभन्दा बढी तीर्थयात्रीहरू सहभागी भएका छन् ।

नेपाल–भारत खुला सीमाका कारण नेपालीहरूका लागि सहज भएको हो ।

नेपालको जनकपुरधामबाट जानकी मन्दिरका उत्तराधिकारी महन्थ राम रोशन दासको नेतृत्वमा नेपाली श्रद्धालुहरूको सुविधाका लागी खालसा निर्माण भएको छ । धर्मराज मन्दिर ऋषिकेशका महन्त महामण्डलेश्वर श्री विष्णुदास महाराजजीले पनि नेपाली र भारतीय तीर्थयात्रीका लागि विशेष बसोबास र खानपानको सुविधा प्रदान गरेका छन् ।

युथ क्लबका पुर्वअध्यक्ष श्रीओमले नेपालबाट प्रयागराजसम्मको यात्रामा भारतीय प्रहरीले नेपाली गाडीलाई कुनै कागजात जाँच नगरी सम्मानपूर्वक जान दिएको अनुभव सुनाए । तर उनले नेपालमा भने भारतीय पर्यटकहरूमाथि प्रहरीले कठोर व्यवहार गर्ने गरेको भन्दै गुनासो गरेका छन् । यसले भारतीय पर्यटकहरू नेपाल आउन डराउन थालेको उनको भनाइ छ ।

इन्जिनियर सुजीत झाले पनि महाकुम्भको यात्रामा भारतीय प्रहरीको मैत्रीपूर्ण व्यवहार अनुभव गरेको बताए । सेल्फ ड्राइभमा रहेका झाले नेपालका गाडीमा सवार यात्रीलाइलाई सम्मानका साथ जान दिने व्यवस्था देखिएको बताए ।

प्रकाशित मिति: बिहीबार, माघ १७, २०८१  १४:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update