Harsamaya
आजको मौसमः तराइकाे हुस्सु र कुहिराे बिस्तारै हटने
हुस्सुको सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - हाल देशको पश्चिमी भू-भागमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । 

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । साथै तराइका धेरै  भू-भागहरूमा हुस्सु र कुहिरो  लागेको छ। 

दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । 

राती भने कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । 

कोशी र मधेश प्रदेशका तराईका धेरै स्थानहरुमा लागेको हुस्सु र कुहिरो अपराह्न पछि सुधार हुने र सुदूरपश्चिमका तराईका धेरै स्थानहरुमा लागेको हुस्सु र कुहिरो मध्याह्नसम्म तथा बाँकी तराईका भू-भागका धेरै स्थानहरुमा लागेको हुस्सु र कुहिरो मध्यान्न पछि क्रमिक रुपमा सुधार हुने सम्भावना रहेको छ । सोको प्रभावले तराई भू-भागको दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउनु महाशाखाले अनुरोध गरेको छ। 

प्रकाशित मिति: बिहीबार, माघ १७, २०८१  ०६:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update