Harsamaya

काठमाडौँ - कवयित्री सुशीला ढकाल अधिकारीले रचना गरेको राष्ट्रभावले ओतप्रोत ‘उठ नेपाली, जुट नेपाली’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ ।

वरिष्ठ गायक तथा सङ्गीतकार शिशिर योगीद्वारा स्वरबद्ध गीत अधिकारीको आफ्नै युट्युब च्यानल सिर्जनाको चौतारीमार्फत बुधबार सार्वजनिक गरिएको हो ।

राष्ट्रभावले ओतप्रोत शब्दमा सिर्जित उक्त गीत सहिद दिवसको अवसर पारी भिडियो सार्वजनिक गरिएको गीतका रचनाकार अधिकारीले जानकारी दिइन् ।

प्रकाशित मिति: बुधबार, माघ १६, २०८१  २१:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update