Harsamaya
सभापति कपको ट्रफी अनावरण
सभापति कपको ट्रफी अनावरण कार्यक्रममा पूर्वमन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य मोहन बहादुर बस्नेत र गणेश लामा ।

काठमाडौं - राजधानीमा जारी सभापति कप फुटबल प्रतियोगिताको ट्रफी अनावरण गरिएको छ ।

नेपाली काँग्रेस लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिको आयोजनामा राजधानीमा जारी प्रतियोगिताको ट्रफी सार्वजनिक गरिएको हो । आयोजक महाधिवेशन निर्देशन समितिले सहिद दिवस पनि परेकाले ट्रफी एक कार्यक्रमका बीच सहिद गेटमा अनावरण गरेको हो ।

माघ १० गतेदेखि सुरु भएको सर्वाधिक पुरस्कार राशिको नकआउट फुटबल प्रतियोगिताको फाइनलमा संकटा क्लब र आयोजक लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेश (बागमती) फाइनलमा प्रवेश गरिसकेका छन् । 

फाइनल खेल बिहीबार हुँदै छ । प्रतियोगिताको विजेताले २६ लाख पुरस्कार पाउनेछ भने उपविजेता टोलीले १३ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

प्रकाशित मिति: बुधबार, माघ १६, २०८१  १७:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update