Harsamaya
 एक हजारभन्दा बढी नेपाली अमेरिकाबाट निष्कासित, अन्य देशका कति ?
प्रतिकात्मक तस्वीर

काठमाडौं - अमेरिकाबाट अवैध आप्रवासीलाई घर फर्काउने डोनाल्ड ट्रम्प सरकारको प्रक्रियामा एक हजारभन्दा बढी नेपाली पनि परेका छन् । १३६५ जना नेपाली अमेरिकाबाट निष्कासनमा पर्ने अमेरिकास्थित अध्यागमन कार्यालयले सूची सार्वजनिक गरेको छ ।

उक्त सूची अनुसार विश्वभरका १४ लाख ४५ हजार ५४९ जनालाई अमेरिकाबाट आ-आफ्नो देश पठाइँदैछ । जसअनुसार होन्डुरसका २ लाख ६१ हजार ६५१, ग्वाटेमालाका २ लाख ५३ हजार ४१३, मेक्सिकोका २ लाख ५२ हजार ४४ र एलसाल्भाडोरका २ लाख ३ हजार ८२२, चीनका ३७ हजार ९०८, भारतका १७ हजार ९४० जनालगायत निष्काशनमा पर्दैछन् ।

प्रकाशित मिति: बुधबार, माघ १६, २०८१  १६:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update