Harsamaya
बालबालिकाहरूलाई सानैदेखि खेलकुद क्षेत्रमा लगाउन मन्त्रीको सुझाव 
युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी
काठमाडौं - युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले बालबालिकाहरूलाई सानैदेखि खेलकुद क्षेत्रमा लगाउन सुझाव दिएका छन् । 
 
बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री चौधरीले अहिले बालबालिकाहरूमा मोबाइल धेरै हेर्ने समस्या देखिएकाले केही समय खेलकुद क्षेत्रमा लगाउन सुझाव  दिएका हुन् ।
 
उनले बालबालिकाहरू खेलकुद लगायत रचनात्मक क्षेत्रमा लगाउन सके बढ्ने र अन्य गतिविधिमा पनि रुची बढ्ने जिकिर गरे । 
 
मन्त्री चौधरीले बालबालिकाहरूको रुचि अनुसारको काम गर्न अभिभावकले प्रेरित गर्नुपर्नेमा जोड दिए । 
 
कार्यक्रममा मन्त्री चौधरीले राष्ट्रिय स्तरको ह्याण्डराइटिङ प्रतियोगीतामा उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कृत गरेका थिए । 
प्रकाशित मिति: बिहीबार, पुस ११, २०८१  १४:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update