Harsamaya
इजरायली सैनिकको आक्रमणमा लेबनानमा २५ जनाको मृत्यु, १६० घाइते
लेबनानी सेना ।

काठमाडौं - लेबनानको स्वास्थ्य मन्त्रालयले दक्षिणी लेबनानमा इजरायली सैनिकको आक्रमणमा २५ जनाको मृत्यु भएको र १६० जना घाइते भएको जनाएको छ ।

सोमबार इजरायली आक्रमणको क्रममा एक व्यक्तिको मृत्यु भएको र अन्य २६ जना घाइते भएका थिए । 

आइतवार बिहानदेखि, सयौं लेबनानी बासिन्दाहरू आफ्नो सीमावर्ती गाउँहरूको बाहिरी इलाकामा भेला भएका छन् । लेबनानी बासिन्दाहरू इजरायलले लगाएको अवरोधहरू पार गर्दै पैदल यात्रा गरेर आफ्नो घरतिर लागेका छन् ।

तर, इजरायली सेनाले सिमानामा फर्किएका नागरिकहरूमा गोली हानेको छ ।

सन् २०२४ नोभेम्बर २७ मा लागू भएको हिजबुल्लाह र इजरायली सेनाबीच जारी युद्धविराम सम्झौताको बावजुद यी घटनाहरू आएका छन् । 
 

प्रकाशित मिति: मंगलबार, माघ १५, २०८१  २१:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update