Harsamaya
साथीहरूसँग मदिरा सेवन गरी छुटेका घलेको शव कल्भर्टमुनि भेटियो
सांकेतिक तस्वीर: हर समय/Har Samay

उदयपुर - उदयपुरगढी गाउँपालिका–७ स्थित मदन भण्डारी राजमार्गमा पर्ने कल्भर्टमुनि एक पुरुषको शव फेला परेको छ । आज दिउँसो सोही वडाको घलेडाँडा घर भएका अन्दाजी ४३ वर्षीय नगेन्द्रबहादुर घलेको शव फेला परेको हो ।

उक्त शव फेला परेसँगै प्रहरीले अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजन चापागाईंले जानकारी दिए । ‘घटनास्थलमा अनुसन्धानका लागि तालिमप्राप्त कुकुर पठाएका छौँ’, उनले भने । 

प्रहरीका अनुसार सोमबार साँझ नजिकैको एक पसलबाट साथीहरूसँग मदिरा सेवन गरी घले छुटेका थिए । स्थानीयले घटना शंकास्पद रहेको भन्दै शव उठाउन नदिएपछि प्रहरीले अनुसन्धानका लागि कुकुर प्रयोग गरेको जनाएको छ । स्थानीय होम बस्नेतका अनुसार मदन भण्डारी सडक हेरालुहरुले सफाइका क्रममा कल्भर्ट मुनी शव देखेर प्रहरीलाई जानकारी दिएका थिए ।

प्रकाशित मिति: मंगलबार, माघ १५, २०८१  १८:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update