Harsamaya
साउदीमा मृत्यु भएका रौतहटका लहेरीको परिवारलाई १० लाख सहयोग
गरुडा नगरपालिकाका मेयर कन्थमणि जैसवाल र मृतक मिस्टर लहेरीको श्रीमती हिरजा खातुन

रौतहट - वैदेशिक रोजगारीमा गएको बेला साउदी अरबमा मृत्यु भएका रौतहटको मध्यभाग गरुडा नगरपालिका ६ का स्वर्गीय मिस्टर लहेरिको परिवार लाई १० लाख रुपैयाँ सहयोग भएको छ।

गरुडा नगरपालिकाका मेयर कन्थमणि जैसवालले मृतक लहेरीको श्रीमती हिरजा खातुनलाई वैदेशिक रोजगार बोर्डबाट प्राप्त भएको १० लाख रुपैयाँको सहयोग रकम चेक हस्तान्तरण गरेका हुन्।

श्रम स्वीकृतिको म्याद सकेर एक वर्ष भित्र मृत्यु भएका लहेरीको क्षतिपूर्ति रकम पाउने व्यवस्था अनुसार उनको परिवारले मात्र १० लाख रुपैयाँ पाएको मेयर जैसवालले बताएका छन्।

बीमाको म्याद नसकेको भए वैदेशिक रोजगार बोर्डबाट थप रु १४ लाख गरी कुल २४ लाख रुपैयाँ पाउन नसकिने व्यवस्था रहेको जनाइएको छ।

लहेरीको परिवारलाई गरुडा नगरपालिकाबाट आवश्यक सहयोग गरिने मेयर जैसवालले प्रतिबद्धता व्यक्त गरेका छन्। वैदेशिक रोजगारीमा गएका लहेरीको साउदी अरेबियामा  २०८१ साल पुस २२ मा मृत्यु भएको पीडित परिवारले जनाएको छ।
 

प्रकाशित मिति: मंगलबार, माघ १५, २०८१  १७:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update