सेयर बजार २४.५० अंकले बढ्यो

काठमाडौं - नेप्से परिसूचक दोहोरो अंकले बढेको छ ।
निरन्तर तीन दिनसम्म कारोबार घटेको बजार साताको तेस्रो दिन मंगलबार भने दोहोरो अंकले बढेको हो ।
सोमबार १०.६१ अंकले घटेको बजार मंगलबार २४.५० अंकले बढेको हो । जसअनुसार आज २६५७.७७ विन्दुमा पुगेर रोकिएको छ ।
आज १ करोड ९६ लाख कित्तासेयर खरिद बिक्री हुँदा ९ अर्ब ४० करोड २६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज कारोबारमा आएका कम्पनीमध्ये १७७ कम्पनीको सेयर बढेको छ भने ६० कम्पनीको सेयर घटेको छ । साथै, ६ कम्पनीकोसेयर मूल्य स्थिर रहेको ।
यसदिन नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । सोमबार आठ अर्ब ९२ करोडकोसेयर कारोबार भएकोमा आज ९ अर्ब ४० करोड रुपैयाँ बराबरको १ करोड ९६ लाख ८० हजार १९५ कित्तासेयर खरिद बिक्री भएको छ ।
प्रकाशित मिति: मंगलबार, माघ १५, २०८१ १५:५३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय