झण्डै ५१ लाख बराबरका भन्सार छलीका सामान सशस्त्र प्रहरीद्वारा बरामद

पर्सा - सशस्त्र प्रहरी बलले भन्सार छली गरेर भित्र्याइएको ५० लाख ९३ हजार सात सय मूल्य बराबरका कपडा तथा हार्डवेयरका सामान बरामद गरेको छ ।
प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको सशस्त्र प्रहरी र वीरगञ्ज भन्सार कार्यालयको टोलीले सोमबार वीरगञ्ज महानगर–१० स्थित आर्दशनगरमा भन्सार छली गरेर ल्याइ गोदाममा राखेको सामान बरामद गरेको हो ।
सशस्त्र प्रहरी बल नेपाल पर्साका सूचना अधिकारी नरेन्द्रसिंह धामीले सशस्त्र प्रहरीले नियमित रुपमा निगरानी गरी भन्सार छलीका सामान बरामद गर्दै आइरहेको जानकारी दिए । सशस्त्र प्रहरीका अनुसार बरामद सामानलाई सोाबारै वीरगञ्ज भन्सार कार्यालयमा दाखिला गरिएको छ ।
प्रकाशित मिति: सोमबार, माघ १४, २०८१ १९:२४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय