Harsamaya
वडाध्यक्ष महतोको निधन
सर्लाहीको बसबरिया गाउँपालिका–३ का पूर्व वडा अध्यक्ष नन्दलाल महतोको निधनमा शोक व्यक्त गर्दै बसबरिया गाउँपालिकाले आज शोक बिदा घोषणा गरेको छ।

सर्लाही - सर्लाहीको बसबरिया गाउँपालिका–३ का वडाध्यक्ष नन्दलाल महतोको ६९ वर्षको उमेरमा निधन भएको छ ।

क्यान्सरबाट पीडित उहाँको उपचारका क्रममा बुधवार राति  भरतपुरस्थित बिपी कोइराला मेमोरियल अस्पतालमा निधन भएको हो । 

बसबरिया गाउँपालिकाका अध्यक्ष रामसिंहासन रायका अनुसार महतोको आजै दाहसंस्कार गरिने छ । उहाँ नेपाली कांग्रेसबाट वडाध्यक्ष निर्वाचित हुनुभएको थियो । बसबरिया गाउँपालिकाले आज गाउँपालिकामा शोक बिदा भएको जनाएको छ । 

Gaupalika-Shok-Bida-1735191952.jpg
 

प्रकाशित मिति: बिहीबार, पुस ११, २०८१  ११:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update